PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भोटो जात्राको रौनक, राष्ट्रपतिको आगमनदेखि फोटो लिनेको घुँइचोसम्म

भोटो जात्राको रौनक, राष्ट्रपतिको आगमनदेखि फोटो लिनेको घुँइचोसम्म


ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को भोटो राष्ट्रपति विद्यादेवी भण्डारीसहितका उच्च पदस्थ व्यक्तिको उपस्थितिमा ललितपुरमा देखाइएको छ।

जावलाखेलमा भएको भोटो जात्राका क्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन लगायत संवैधानिक निकायका प्रमुखहरु उपस्थित रहेको थियो।

प्राचीन कालमा कर्कोटक नागराजकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले उपहारस्वरुप पाएको बहुमूल्य गहना र हीरा जडित भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए।

उनका अनुसार प्रत्येक वर्ष रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रामा यो भोटो कसको हो भनी देखाउने गरिन्छ।

भोटो जात्रा सम्पन्न भएपछि रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्गमतीमा रहेको अस्थायी मन्दिरमा प्रतिस्थापन गरिएको छ। हेर्नुस् भोटो देखाउने जात्राका केही झलक:



ट्रेन्डिङ पोस्ट

Ncell