PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रनेशको रिहाइको माग: सरकार र चलचित्र उद्योगसँग युवाहरूको प्रश्न हामीले यो देशमा बोल्न पनि नपाउनु?

प्रनेशको रिहाइको माग: सरकार र चलचित्र उद्योगसँग युवाहरूको प्रश्न हामीले यो देशमा बोल्न पनि नपाउनु?


काठमाडौँ :  चलचित्र वीर विक्रम २ को भिडियो समीक्षा गरेका प्रनेश गौतम यतिबेला प्रहरी हिरासतमा छन्। उनको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रता विरुद्धको हस्तक्षेप भन्दै बुधवार राजधानीमा प्रदर्शन भएको छ। 

गौतमको रिहाइको माग गर्दै स्वतन्त्र रूपमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। युवा विद्यार्थीहरूले गौतमको पक्राउ अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले गौतमलाई तत्काल रिहा गर्न मागसमेत गरेका छन्। 

'पहिला फिल्म गतिलो बना न !!' ,'फिल्म इन्डस्ट्रीको दादागिरी बन्द गर', 'सरकार हामीले यो देशमा बोल्न पनि नपाउनु' लगायतका नारासहितका प्लेकार्ड बोकेर गौतमलाई रिहा गर्न माग गरेका हुन्। अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै उनीहरूले मुखमा टेप लगाएर प्रदर्शन गरेका थिए।

मिम नेपालकालागि प्रनेशले गरेको फिल्म समीक्षालाई लिएर फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले प्रहरीमा उजूरी दिएका थिए। प्रहरीले उनलाई गत शुक्रबार पक्राउ गरी अदालतमा हाजिर गराएको थियो। अदालतले थप अनुसन्धानका लागि गौतमलाई थुनामा राख्न आदेश दिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell