PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बहसमा गुठी सम्बन्धी विधेयक : काठमाडौंका जनता उठेपछि कुनै शासकले रोक्न सक्दैन



बहसमा गुठी सम्बन्धी विधेयक : काठमाडौंका जनता उठेपछि कुनै शासकले रोक्न सक्दैन

काठमाडौं : नेपाली कांग्रेसले सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक आइएलओ १६९ को व्यवस्था विपरीत भएको बताएको छ। 

आजको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्री आइएलओको कन्भेन्सनमा गएर फर्किँदै गर्दा आइएलको प्रावधान विपरीत सरकारले आदिवासी जनजातिको धर्म संस्कृतिमाथि प्रहार गरेको आरोप लगाए। 

आइएलओ १६९ को प्रस्तावना स्थानीय आदिवासी जनजातिको धर्म संस्कृति रितिरिवाज तथा उनीहरूले भोग चलन गर्दै आएको जग्गाको संरक्षरण सरकारले गर्नुपर्छ भनेर नेपालले पारित गरेको अवस्थामा सरकारले त्यसको विपरीत गुठी सम्बन्धी विधेयक ल्याएको आरोप लगाए।

'काठमाडौंको धर्म संस्कृति र सम्पदाले नेपाललाई विश्वभर चिनाएको छ। यही सम्पदा र संस्कृतिमाथि सरकारले हस्तक्षेप गर्न खोजेको छ,'
उनले विधेयक फिर्ता नलिए सरकार मात्र होइन व्यवस्था ढल्ने सम्मको अवस्था आउन सक्ने चेतावनी दिए।

'काठमाडौंका जनता उठेपछि कुनै शासकले रोक्न सक्दैन। याद होला राणा पञ्चायत ढालेका काठमाडौंका जनता जुरुक्कै उठेपछि हो। यहाँका जनता जुरुक्कै उठेपछि नेपाली तानासाही राजतन्त्र ढल्यो,' उनले भने, 'पुन:स्थापित सांसदले राजा फाल्यो। हिजो राजा फाल्ने हाम्रो ऐजन्डा थिएन। काठमाडौंका जनता जुरुक्क उठेपछि राजा फालियो। हामीलाई केपी ओली सरकार ढल्ला भन्ने चिन्ता होइन। बलिदान बाट ल्याएको उपलब्धि र यो संविधान के होला भन्ने चिन्ता हो।'

उनले विधेयकमा भएको व्यवस्थाको विरोधमा आम मानिसले विरोध भइरहेको भन्दै विधेयक ल्याउँदा सरकारले सरोकारवालासँग छलफल नगरी ल्याइएको बताए। उनले लाठी चार्ज गर्नेमाथि तुरुन्त कारावही गर्न माग गरे। 

काठमाडौंलाई पृथ्वीनारायण शाहले विजयी हात पारेपछि पनि यहाँको संस्कृतिमाथि धावा नबोलेको भन्दै अहिले सरकारले नै यहाँको धर्म संस्कृतिमाथि धावा बोलेको आरोप लगाए। 

'काठमाडौंमा आन्दोलनको हुरी चल्दै छ। बादल गर्जिँदै छ। बेलैमा ध्यान दिइयोस्। सरोकारवालासँग संस्कृतिविद्सँग छलफल गरेर ल्याइयोस्,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell