PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गुठी सम्बन्धी विधेयक : सरकारका प्रवक्ताको प्रश्न- गुठी पनि कमैया, कमलरी जस्तै सामन्तवाद अन्त्य नगर्ने?



गुठी सम्बन्धी विधेयक : सरकारका प्रवक्ताको प्रश्न- गुठी पनि कमैया, कमलरी जस्तै सामन्तवाद अन्त्य नगर्ने?

काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद वाँस्कोटाले गुठीलाई सामन्तवादी प्रवृत्तिसँग जोड्दै उनले हलिया र कमैया प्रथासँग जोडेका छन्। 

हाल गुठी सम्बन्धि विधेयकको विरोधमा काठमाडौंमा गुठीयारहरुले आन्दोलन गर्दै आएका छन्। संसदमा विपक्षी तथा सत्ता पक्षकै सांसदले पनि गुठी विधेयकको विरोध गरेका छन्। 

नियमित पत्रकार सम्मेलनमा गुठी विधेयकको विषयमा पत्रकारहरुले गरेको प्रश्नमा उनले यस्तो टिप्पणी गरे। सरोकारवालाहरुसँग सरकारको प्रत्यक्ष र अप्रत्यक्ष सम्वाद भइरहेकोसमेत बताए। 

'प्रश्न हामीले सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने?,' उनले प्रश्न गरे, 'गुठी, हलिया, कमलरीले सामन्तवादको आर्थिक र राजनीतिक चरित्रको प्रतिनिधित्व गर्छन्। किसानका भूमिसँगको समस्या समाधान गर्ने कि नगर्ने?, भूमिहीन किसानको समस्या समाधान गर्ने कि नगर्ने?' 

उनले गुठीको समस्या काठमाडौं उपत्यका र बाहिर फरक फरक रहेकाले सरकारले समाधान गर्ने बताए। यो विधेयक संसदमासमेत नगएको भन्दै यस विषयमा सरोकारवाला मन्त्रालयले छलफल गरिरहेको छ। 

'पुराना कानुनहरुलाई विस्थापित  गर्ने सन्दर्भामा पुराना कानुनबाट अभ्यस्त हुँदै आएको ठाउँमा विल्कुल नयाँ कुरा हुँदा के हो भन्ने महसुस हुन पुग्छ। नेपालगञ्जको मान्छेलाई सिमिकोटमा लग्यो भने के हुन्छ?,' उनले भने, 'हो यस्तै भएको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell