PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोपा अमेरिका : काउटिन्होको दुई गोल, ब्राजिलको विजयी सुरुवात



कोपा अमेरिका : काउटिन्होको दुई गोल, ब्राजिलको विजयी सुरुवात

फिलिप काउन्टिन्होले दुई गोल गरेपछि कोपा अमेरिका २०१९ मा घरेलु टोली ब्राजिलले विजयी सुरुवात गरेको छ।

उद्घाटन खेलमा ब्राजिलले बोलिभियालाई २-० ले पराजित गरेको हो। जिपछि समूह ए मा ब्राजिलले ३ अंक जोडेको छ।

स्टाडिओ डो मुरुम्बीमा भएको खेलको पहिलो हाफमा बोलिभियाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको थियो। तर दोस्रो हाफमा काउटिन्होले तीन मिनेटको अन्तरमा दुई गोल गरे भने एभरटनले शानदार गोल गरे।

काउनटिन्होले ५०औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। ५३औं मिनेटमा काउटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे।

८५औं मिनेटमा वैकल्पिक खेलाडी एभरटनले शानदार गोल गर्दै ब्राजिलको अग्रता तेब्बर पारे। उनी डेविड नेरेसको स्थानमा ८१औं मिनेटमा मैदान प्रवेश गरेका थिए।

चोटका कारण ब्राजिलका मुख्य स्ट्राइकर नेमार टिमबाट आउट भएका छन्। प्रतियोगिताअन्तर्गत आज समूह ए मा रहेका पेरु र भेनेजुएलाबीच खेल हुनेछ। यस्तै समूह बी अन्तर्गत अर्जेन्टिना र कोलोम्बियाबिचको खेल पनि हुनेछ। पहिलो खेल राती पौने १ बजे र दोस्रो खेल बिहान पौने ४ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell