
रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले चिनियाँ राष्ट्रपतिलाई जन्मदिनको शुभकामना दिएका छन्।
ताजकिस्तानको डुसानबे शहरमा आयोजना भइरहेको इन्टरएक्सन एन्ड कन्फिडेन्स बिलडिङ मेजर इएन इसिया सम्मेलनमा भाग लिन ताजकिस्तानमा रहेका पुटिनले सीलाई होटलमै पुगेर बधाइ दिएका हुन्।
भेटका क्रममा पुटिनले सीलाई चिनियाँ तरिकाले बनेको केक र रसियन आइस क्रिम उपहार दिएका थिए।
बधाई दिन पुगेका पुटिनलाई सीले धन्यवाद दिँदै चीनमा पुटिन निकै प्रख्यात रहेको बताएका थिए।
राष्ट्रपति सी आज ६६ वर्षका भए।