PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पहिलेका मूर्तिहरुमा पनि योगका विभिन्न आसन देखिन्छन्, अस्वस्थ मानसिकताबाट बच्न योग गरौं : प्रम ओली



पहिलेका मूर्तिहरुमा पनि योगका विभिन्न आसन देखिन्छन्, अस्वस्थ मानसिकताबाट बच्न योग गरौं : प्रम ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नु पर्ने बताएका छन्।

अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए। 

“योगको अभ्यास भाषा र लिपि सुरु हुनुभन्दा धेरै अघिबाट सुरु भएको हो,” प्रधानमन्त्री ओलीले भने, “मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ।”

 प्रधानमन्त्री ओलीले नेपालमा योगको अभ्यास परम्परागतकाल देखि हुँदै आएका प्रमाणहरु धेरै भेटिएको बताएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ। “हामीले पाँचछ हजार बर्ष पहिलेका मूर्तिहरु हेर्‍यौं भने पनि योगका विभिन्न आसनमा देखिन्छन्,” प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले नेपालको कोशी किनारमा बेदका ऋचाहरुको रचना भएको उल्लेख गर्दै भने, “यस्तो ज्ञान भूमिमा बस्ने हामीहरु केही समयपछि पछि परेका हौं तर अब त्यो अवस्था रहदैन।”

प्रधानमन्त्री ओलीले लोभ मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell