PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

विश्वकप विजेता टोरेसले टुङ्याए १८ वर्षे अन्तर्राष्ट्रिय फुटबल करियर



विश्वकप विजेता टोरेसले टुङ्याए १८ वर्षे अन्तर्राष्ट्रिय फुटबल करियर

विश्वकप र युरोकप फुटबल जितेका स्पेनिस फुटबल खेलाडी फर्नान्डो टोरेसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

३५ वर्षीय टोरेसले १८ वर्षे अन्तर्राष्ट्रिय फुटबल करियरलाई अन्त्य गर्दै शुक्रबार सन्यास लिने निर्णय गरेका हुन्।

स्पेनको एट्लेटिको मड्रिड अनी इंग्ल्याण्डमा लिभरपुल र चेल्सी जस्ता क्लबबाट ब्यावसायी फुटबल खेलेका टोरेस हाल जापनिस जे लिग क्लब सोगा तोसुबाट खेलिरहेका छन्।

उनले स्पेनको राष्ट्रिय टिमबाट एक सय १० खेल खेलका छन्। स्पेनलाई सन् २००८ को युरो कपको उपाधि जिताउने क्रममा उनले फाइनलमा विजयी गोल गरेका थिए। यस्तै २०१० को विश्वकप र २०१२ को युरो कप स्पेनले जित्दा पनि टोरेस मुख्य खेलाडीका रुपमा रहेका थिए।
 
टोरेसले सामाजिक सञ्जालबाट सन्यासको घोषणा गर्दै टोरेसले १८ वर्षको करियरलाई विश्राम दिने बेला आएको उल्लेख गरेका छन्। दुई दिनपछि आइतबार जापानको टोकियोमा पत्रकार सम्मलेन गरेर टोरेसले सम्पुर्ण विवरण सार्वजनिक गर्ने जनाएका छन्।

सन् २००७ मा एट्लेटिकोबाट २० मिलियन पाउण्डमा लिभरपुल गएपछि उनको करियरले चर्चा पाएको थियो। लिभरपुलका लागि उनले एक सय ४२ खेलमा ८१ गोल गरेका थिए। यस्तै सन् २०११ उनी लिभरपुलबाट बेलायती क्लबको रेकर्ड तोड्दै ५० मिलियन पाउण्डमा चेल्सीमा अनुबन्ध भएका थिए। 

चेल्सीले २०१२ मा च्याम्पियन्स लिगको उपाधि जित्दा टोरेस टिमको सदस्य थिए र तर उनले खासै राम्रो प्रदर्शन गर्न भने सकेनन्। २०१३ मा चेल्सी युरोपा लिगको उपाधि टोरेसले फाइनलमा गोल पनि गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell