PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुनको भाउ अहिलेसम्मकै उच्च, लगातार बढेर तोलाको ६५ हजार



सुनको भाउ अहिलेसम्मकै उच्च, लगातार बढेर तोलाको ६५ हजार
फाइल फोटो

काठमाडौं: सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रति तोला ६५ हजार रुपैयाँ पुगेको छ।

बुधवारदेखि लगातार दैनिक हजार रुपैयाँ सुनको मूल्य बढेको छ। महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले शुक्रबारको मूल्य अहिलेसम्मकै बढी भएको बताए। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजार प्रभावित भएको हो। विहिबार सुनको मूल्य २५ डलर बढेर प्रतिऔन्स १ हजार ४ सय ५ अमेरिकी डलर कायम भएको छ। अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वका कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन्।

सुनको मूल्य बढेपछि बिक्रीमा भने कमी आएको छ। शाक्यका अनुसार दैनिक २० किलो सुन बिक्री हुने गरेकोमा अहिले घटेको छ।‘मूल्य बढेपछि किन्ने होइन बिक्री गर्न आउने बढेका छन्,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell