काठमाडौं: बिहीबारमात्र ट्विटरमा प्रवेश गरेकी नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले आज दोस्रो ट्विट गरेकी छिन्।
यान्छीले धान खेती गरिरहेको फोटोसहितका तीन फोटो राखी भनेकी छिन्, 'वर्षा यामको समयमा, हामी नेपाली मित्रहरूलाई उन्नत बाली तथा चीन र नेपालबीच विकासे धान (खेती)को सहकार्य सफल होस् भन्ने कामना गर्दछु!' अगाडि उनले अंग्रेजीमा 'लेट मनसुन' भनेर सम्बोधन गरेकी छिन्।
Late monsoon, but never absent ! Wish a good harvest for our Nepali friends, and fruitful hybrid rice cooperation between China and Nepal !
— Ambassador Hou Yanqi (@PRCAmbNepal) June 22, 2019
वर्षा यामको समयमा, हामी नेपाली मित्रहरूलाई उन्नत बाली तथा चीन र नेपालबीच विकासे धान (खेती)को सहकार्य सफल होस् भन्ने कामना गर्दछु ! pic.twitter.com/wzRPpvMqLh
त्यही ट्विट्लाई पछ्याउँदै खग्रेन्द्र फुयालले राजदूत यान्छीलाई असार १५ मा दहीचिउरा खाँदै धान रोप्न प्रस्ताव गरेका हुन्।
असार १५ गते दही चिउरा खादै धान राेप्ने हैन ?
— Khagendra Phuyal (@mefossils) June 22, 2019
रिप्लाइमा उनले भनेका छन्, ' असार १५ दहीचिउरा खाँदै धान रोप्ने हैन?'
केही बेरमै उनको दोस्रो ट्विट २० भन्दा बढी पटक सेयर भइसकेको छ।
पहिलो ट्विट यान्छीले दक्षिण एसियाको विकास र समृद्धिको लागि बेल्ट एन्ड रोडका सम्बन्धमा गरेकी थिइन्। ट्विटमा उनले दक्षिण एसियाली राष्ट्रबीच आर्थिक र सामाजिक विकासलाई बीआरआइ मार्फत प्रवर्द्धन गर्ने उल्लेख गरेकी थिइन्।
आफ्नै देशमा प्रतिबन्धित ट्विटरमा उनको आगमनसँगै नेपालको कुटनीतिक क्षेत्रमा नौलो बहस सिर्जना भएको छ। धेरैले याङचीको यो कदमलाई स्वागत गरेका छन्।
ट्विटरमा उनको सक्रियता र उनले व्यक्त गर्ने विचारले नेपालको राजनीति केही न केही त असर पर्ने नै छ।
ट्विटरमा सक्रिय रहेका अमेरिकी राजदूत र्यान्डी बेरीले केही साताअघि 'राजदूतसँग गफगाफ' कार्यक्रम संचालन गरे। सामाजिक संजालदेखि सदनमा समेत उनले गर्ने कार्यक्रमको विरोध भएपनि अमेरिकी दूतावासले 'राजदूतसँग गफगाफ' कार्यक्रमलाई अगाडि बढाएको थियो।