
ढाका: उत्तरपूर्वी बङ्गलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सय भन्दा बढी घाइते भएका छन्।
बङ्गलादेशको राजधानी ढाकाबाट २ सय ३ किल्लो मिटर टाढा रहेको माउल्भिबाजार जिल्लामा सो दुर्घटना भएको छ।
स्थानीय समायानुसार आइतबार राति ११:५० बजे सो दुर्घटना भएको बताइएको छ।
राजधानी ढाकातर्फ गइरेहको सो रेल डिब्वा पटरीबाट छुट्टिएर सो घटना भएको सरकारी अधिकारीले जानकारी दिएका छन्।
उद्धारकार्य जारी रहेको र मृतकहको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।