PahiloPost

Dec 21, 2024 | ६ पुष २०८१

प्रस्तावित विज्ञापन ऐनको विरोध गर्दै सेवा प्रदायक कम्पनीले बन्द गरे विदेशी च्यानल



प्रस्तावित विज्ञापन ऐनको विरोध गर्दै सेवा प्रदायक कम्पनीले बन्द गरे विदेशी च्यानल

काठमाडौं: प्रस्तावित विज्ञापन ऐन २०७६ विरुद्ध टेलिभिजन सेवा प्रदायक कम्पनीहरुले विदेशी च्यानल बन्द गरेका छन्। ऐनमा ल्याउन लागिएको 'क्लिन फिड' विरुद्ध क्लिन फिड लाग्ने विदेशी च्यानल हरु बन्द गरेर सेवा प्रदायक कम्पनीहरुले विरोध जनाएका हुन्। 

टेलिभिजन सेवा प्रदायक कम्पनीहरुले सोमवार दिउँसो तीन बजेदेखि मंगलबार दिउसो ३ बजेसम्मका लागि विदेशी च्यानल बन्द गराएका हुन्। 

'प्रस्तावित विज्ञापन ऐन २०७६ अनुसार विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान अनुसारको व्यवस्था लागु गर्दा हुन आउने प्रतिकुल परिस्थिति सम्पूर्ण ग्राहकवर्ग तथा सरोकारवालाहरुलाई अवगत  गराउन यही असार ९ गते दिउँसो ३ बजेदेखि असार १० गते ३ बजेसम्म सम्पूर्ण विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरु नेपालभर सबै प्रदायकहरुकोमा बन्द हुने जानकारी गराइन्छ,' इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका नाममा जारी गरिएको सूचनामा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell