PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

जापान उडेका ट्रम्पलाई एयरफोर्स १ मा किन लाग्यो अल्छी?



जापान उडेका ट्रम्पलाई एयरफोर्स १ मा किन लाग्यो अल्छी?
फोटो: Reuters

सन् २०२० मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका लागि १० डेमोक्रेट उम्मेदवारहरु पहिलोपटक एकआपसमा टेलिभिजन बहशमा देखिएका छन्। अर्को वर्ष हुने निर्वाचनमा ह्वाइट हाउसबाट राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विस्थापित गर्ने अभियानमा लागेका १० डेमोक्र्याट उम्मेदवारहरुले टेलिभिजन बहशमा राष्ट्रपति ट्रम्पमाथि कडा प्रहार गरे।

दशौँ लाख अमेरिकीले हेरेको वर्षकै ठूलो टेलिभिजन बहशमा अधिकांश उम्मेदवारले ट्रम्पमाथि प्रहार गरे। मियामीमा भएको दुई घण्टा लामो बहशमा डेमोक्र्याट उम्मेदवारहरुले आफ्नो चुनावी एजेण्डा राखेका थिए।

ट्रम्प प्रशासनको कडा आलोचनमा उत्रिएका उनीहरु एकआपसमा पनि आलोचना गरेका थिए।

उनीहरुले ट्रम्प प्रशासनको विदेश नीतिको आलोचना गरेका थिए। कंग्रेस मेन टिम रियनले अमेरिका मध्यपूर्व मामिलमा पूर्ण रुपमा अगाडि बढाउनुपर्ने बताए। तर, अर्का उम्मेदवार तुलसी गबार्डले उनको प्रतिरोध गरे। 'के यही कुरा हामी अफगानिस्तानमा मारिएका सैनिकका परिवारलाई भन्न चाहन्छौँ?' उनको प्रश्न थियो।

यो टेलिभिजन बहश आफ्नो एयरफोर्समा हेरेका अमेरिकी राष्ट्रपतिले बेखुसी व्यक्त गरेका छन्। अर्को वर्ष हुने चुनावी दौड सुरु गरेका राष्ट्रपति ट्रम्प जी २० सम्मेलनमा सहभागी हुन जापानमा जाँदै गर्दा उनले एयरफोर्स-१ बाटै ट्विट गर्दै अल्छी लागेको प्रतिक्रिया दिएका छन्।

त्यति मात्र होइन् उनले बहश सञ्चालन गरेको टेलिभिजन च्यानलप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। बहशका क्रममा प्राविधिक समस्या भएपछि प्रसारणकै बीचमा व्यापारिक विश्राम लिइएकोप्रति उनले एनबीसी न्यूज र एमएसएनबीसी प्रति अव्यवसायिक र  झुटो समाचार संस्थाको संज्ञा दिएका छन्।

यसैबीच जि २० सम्मेलनमा सहभागी हुन गएका ट्रम्पले जापानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै करको विषयमा छलफल गर्ने जनाएका छन्। भारतले अमेरिकी उत्पादनमाथि उच्च कर लगाएको भन्दै त्यसलाई अस्विकार गरिने ट्विटरमार्फत जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell