PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिकामा पढ्न गएका नेपाली युवकको तालमा डुबेर मृत्यु



अमेरिकामा पढ्न गएका नेपाली युवकको तालमा डुबेर मृत्यु

अमेरिकामा अध्ययनरत एक नेपाली विद्यार्थी अपूर्व देवकोटाको मृत्यु भएको छ। एरोनोटिकल इन्जिनियरिङ अध्ययन गर्न अमेरिकामा बसिरहेका १८ वर्षीय देवकोटाको मसचुसेट्स तालमा डुबेर मृत्यु भएको डेली मेलले जनाएको छ।

कलेज जानुअघि आफ्ना साथीहरुसँग पार्टी गरिरहेका बेलामा तालमा डुबेका देवकोटालाई उद्धार गरिँदा उनी अचेत अवस्थामा थिए। पछि अस्पतालले उनलाई मृत घोषित गरेको थियो।

देवकोटाकी बहिनी अस्मिताले बोस्टन ग्लोबसँगको कुराकानीमा अपूर्वले आफूलाई पार्टीका लागि जान लागेको बारेमा बताएको तर तालमा जाने बारेमा केही थाहा नभएको प्रतिक्रिया दिएकी छिन्।

घटनाका बारेमा अनुसन्धान गरिरहेका अधिकारीहरुले अपूर्वले स्वीमिङ गर्न नसकेको र श्वास लिन नसक्दा तालमा डुबेको हुन सक्ने बताएका छन्। गोताखोरहरुले अपूर्वको शरिरलाई तालको २० फिट तलबाट निकालेका थिए।

अस्मिताले आफूहरु सुरक्षित भविष्यका लागि अमेरिका आएको बताउँदै अपूर्वको मृत्युले आफूहरुको सपना टुटेको बताइन्। उनले नेपालमा त्यसबेला भएको लोडसेडिङको समस्याका कारण जीवनयापन निकै गाह्रो भएको भन्दै नेपाल छाडेको बताइन्।

युनिभर्सिटी अफ फ्लोरिडामा अध्ययनरत अपूर्वलाई अहिले नै कलेज नजान भनेपनि अपूर्वले हामीहरु सबै जनालाई गौरवान्वित बनाउने भन्दै कलेज गएको बताइन्।

कलेजले पनि अपूर्वको असामयिक निधनमा दु:ख जनाएको छ।

अपूर्वको अन्तिम संस्कारका लागि खर्च जुटाउन बोस्टनका नेपाली समुदाय 'गोफन्ड मी'  बाट सहयोग गर्ने व्यवस्था मिलाएका छन्। सो वेबसाइटमा २४ घण्टामा १७ हजार अमेरिकी डलर सहयोग जुटिसकेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell