PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतले किताबमा पाँच प्रतिशत कर लगाउने, सुन र इन्धन आयातमा शुल्क वृद्धिले नेपालमासमेत असर पर्ने



भारतले किताबमा पाँच प्रतिशत कर लगाउने, सुन र इन्धन आयातमा शुल्क वृद्धिले नेपालमासमेत असर पर्ने

भारतकी वित्तमन्त्री निर्मला सितारमणले लोकसभामा आर्थिक वर्ष २०१९/२० का लागि बजेट प्रस्तुत गरेकी छिन्।

भारतले बजेटमार्फत पेट्रोल र डिजेलमा एक रुपैंया बढाएको छ। एक्साइज ड्युटीका रुपमा अतिरिक्त एक रुपैंया बढाउँदा नेपालमा समेत त्यसको असर पर्नेछ।

यता नेपालमा झै भारतमा पनि विदेशबाट आयात गरिने किताबमा ५ प्रतिशत कर लगाउने व्यवस्था बजेटमा गरिएको छ। नेपालमा किताबमाथि कर लगाएको विषयमा विरोध भइरहँदा भारतमा समेत यस्तो व्यवस्था लागू हुँदा किताब थप महंगो हुनेछ।

भारत सरकारले स्वदेशी प्रकाशन गृह र प्रिन्टिङ कम्पनीलाई फाइदाका लागि यस्तो व्यवस्था गरेको जनाएको छ।

यस्तै, सीतारमणले सुन र पेट्रोलियम पदार्थको आयातमा लाग्ने शुल्क वृद्धि गरेको घोषणा गरेकी छिन्। भारतमा यस व्यवस्थासँगै सुन र पेट्रोल महंगो हुँदा यसको प्रत्यक्ष असर नेपालमा पर्ने देखिएको छ।

बजेटले विद्युतीय सामाग्रीसमेत महंगो भएको भारतीय संचार माध्यमले जनाएको छ। भिडियो रेकडर, अटो पार्टस,मार्बल, सीसी टिभी क्यामरा, टाइल्ससमेत महंगो हुने भएको छ। भारतबाट आयात हुने विद्युतीय सामाग्री यस व्यवस्थासँगै महंगिने अनुमान गरिएको छ।

भारत सरकारले विद्युतीय गाडीमा भने सहुलियत दिने भएको छ। यसबाट नेपालमा आयात हुने विद्युतीय गाडीमासमेत केही सहुलियत हुने विश्वास गरिएको छ।

मोदी सरकार २ ले प्रस्तुत गरेको पहिलो बजेटमा सीतारमणले आगामी पाँच वर्षसम्म १ करोड ९५ लाख घर बनाउने र २०२२ सम्म सबै गरिबलाई घर प्रदान गर्ने महत्वकांक्षी योजनासमेत सार्वजनिक गरेकी छिन्। यस्तै २०२४ सालसम्म सबै घरमा स्वच्छ पानीको व्यवस्था गर्ने समेत घोषणा गरिएको छ।

भारत सरकारले २०१८ देखि २०३० सम्म रेल मार्गको विकासका लागि ५० लाख करोड खर्च गर्ने भएको छ। २०१९ देखि हालको रेल सेवालाई आधनिक बनाउने घोषणा गरिएको छ।

यस्तै गान्धीको सिद्धान्त फैलाउन विकिपेडिया जस्तै 'गान्धी पेडिया' निर्माण गर्ने समेत बजेटमा उल्लेख गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell