PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हङकङमा सुपुर्दगी विधेयकको विरोध जारी, ६ प्रदर्शनकारी पक्राउ



हङकङमा सुपुर्दगी विधेयकको विरोध जारी, ६ प्रदर्शनकारी पक्राउ
फोटो: AFP

हङकङ सरकारविरुद्ध आन्दोलन गरिरहेका ६ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

हङकङ सरकारले सदनमा दर्ता गराएको सुपुर्दगी विधेयकको विरोधमा हङकङमा करिब एक महिनादेखि प्रदर्शन भइरहेको छ। प्रदर्शन उग्र बन्दै गएपछि हङकङ सरकारले विधेयकलाई स्थगन गरेको थियो। तर पनि आन्दोलन रोकिएको छैन। 

प्रदर्शनकारीले आइतवार हङकङको वेस्ट कोउलुन रेल स्टेशनमा धर्ना दिएर चीन जाने रेल नै रोक्ने प्रयास गरेका थिए। चीन जाने उच्च गतिका रेलहरु छुट्ने सो स्टेशनमा २ लाख भन्दा बढी प्रदर्शनकारीहरु भेला भएका थिए। आन्दोलनका कारण चीन जाने रेल केही समय रोकिएको थियो।

चीन सरकारले मेनल्यान्ड चाइनामा हङकङमा भइरहेको प्रदर्शनलाई देखाउन 'सेनसर' गरेकोले प्रदर्शनकारीहरुले रेल सेवा बन्द गरेर चीनबाट आउने यात्रुलाई प्रदर्शनबारे जानकारी दिने प्रयास गरेको बताइएको छ।

प्रदर्शनकारीलाई नियन्त्रण गर्न करिब ५६ हजार प्रहरी परिचालन गरिएको थियो। रेल सेवा अवरुद्ध गर्न खोज्दा प्रहरीले ६ लाई पक्राउ गरिएको बताइएको छ। प्रदर्शनकारीहरुले हङकङकी कार्यकारी प्रमुख ल्यामले राजीनामा दिनुपर्ने र विधेयक फिर्ता नै हुनुपर्ने माग गरिरहेका छन्।

गत सोमवार प्रदर्शनकारीहरुले हङकङको संसदभित्र नै प्रवेश गरेर तोडफोड गरेका थिए। त्यस क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप हुँदा धेरै जान घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell