PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इरानमाथि थप प्रतिबन्ध लगाउने अमेरिकी विदेशमन्त्रीको चेतावनी



इरानमाथि थप प्रतिबन्ध लगाउने अमेरिकी विदेशमन्त्रीको चेतावनी
फोटो : AFP/ GETTY

अमेरिकाले इरानमथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ। अमेरिकासँग द्वन्दको अवस्था सिर्जना भइरहेको अवस्थामा इरानले युरेनियम क्याम्पको विस्तार गर्ने सूचना पाएको भन्दै थप प्रतिबन्ध लगाउन सकिने अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले बताएका छन्।

पोम्पेओले भने,' इरानको पछिल्लो कदमले उसलाई थप एकलाउने छ र इरानमाथि थप प्रतिबन्ध लाग्न सक्छ।'

इरानले आइतबार युरेनियम क्याम्प पुन: संचालन गर्ने घोषणा गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  गत वर्ष सोही युरेनियम सम्बन्धी इरानसँग भएको आणविक सम्झौता रद्द गरेपछि दुवै राष्ट्रको सम्बन्धमा तनाव उत्पन्न हुँदै आएको थियो।

इरानले पनि अमेरिकाले आफूहरुसँगको सहमती उल्लंघन गरे अवस्था बिग्रन सक्ने भन्दै सचेत समेत गराएको छ।

आणविक सम्झौता रद्द गरेको अमेरिकाले इरानी सेनाको एक समूह 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' लाई 'आतंकवादी संगठन' घोषणा गरेपछि दुई देशबीच युद्धको अवस्था सिर्जना भएको हो।

'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' लाई 'आतंकवादी संगठन' घोषणा गरेको बदलामा इरानलेसमेत अमेरिकालाई काउन्टर दिँदै गत चैतमा अमेरिकालाई 'आतंकवादको प्रायोजक' घोषणा गर्दै मध्यपूर्वी क्षेत्रमा रहेका अमेरिकी सैनिकलाई 'आतंकवादी संगठन' घोषणा गरेको थियो।

इरानले अमेरिकी सेनालाई 'आतंकवादी संगठन' घोषणा गरेपछि मध्य पूर्वी क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै अमेरिकाले युद्धपोत र मिसाइल तैनाथ गरेको थियो। यस्तै, केही हप्ताअघि अमेरिकाले मध्यपूर्व क्षेत्रमा तेल बोकेको पानीजहाज माथि आक्रमण गरेको आरोप लगाएको थियो। यद्यपि, सो आरोपलाई इरानले भने खण्डन गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell