PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वासिङ्टनमा बाढी, ह्वाइट हाउससमेत डुबानमा



वासिङ्टनमा बाढी, ह्वाइट हाउससमेत डुबानमा
फोटो : Dave Dildine/WTOP/AP

वासिङ्टन : अमेरिकाको वासिङ्टन डिसीमा बाढीका कारण जनजीवन प्रभावित भएको छ।

अविरल वर्षापछि आएको बाढीका कारण सडक जलमग्न भएका छन् भने अधिकांश घर डुबानमा परेका छन्।

बाढीका कारण भूमिगत रेल सेवा ठप्प भएको छ भने हवाई र सडकमार्ग पनि बन्द भएको छ।

वर्षाका कारण वासिङटनस्थित अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस समेत डुबानमा परेको बताइएको छ। कार्यालयको रहेको बेसमेन्टमा पानी पसेको बताइएको छ। नेशनल आर्काइभ भवनमा बिजुली आपूर्ति अवरुद्ध भएको छ। म्युजियम रहेको क्षेत्रमा पनि पानी पसेको छ।

बाढीका कारण प्रभावित बनेकाहरुको उद्धार र राहतको कार्य भइरहेको छ। अधिकारीहरुले बिना कारण मानिसहरुलाई बाहिर नआउन आग्रह गरेको छ।

अमेरिकाको मौसम विभागले अझै खतरा रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell