PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इन्डोनेसियाले २१० टन फोहोर अस्ट्रेलियामै फिर्ता पठाउने



इन्डोनेसियाले २१० टन फोहोर अस्ट्रेलियामै फिर्ता पठाउने
फोटो: AFP

इन्डोनेसियाली सरकारले अस्ट्रेलियाबाट आएको २१० टन फोहोर फिर्ता पठाउने भएको छ। अस्ट्रेलियाले सहमती विरुद्ध फोहोरका रुपमा विषादी पठाएको पाएपछि धनी राष्ट्रहरुको 'डम्पिङ ग्राउन्ड' बनेको इन्डोनेसियाले फोहोर नै फिर्ता गर्ने निर्णय गरेको बताइएको छ।

सुराबाया शहरमा इन्डोनेसियाली अधिकारीहरुले अस्ट्रेलियाबाट आएको ८ वटा कन्टेनरको चेकजाँच गरेको थियो। कन्टेनरमा काम नलाग्ने कागजहरु आउनु पर्नेमा विषादीयुक्त सामान र घरेलु फोहोर फेला परेको थियो।  

इन्डोनेसियाको वातावरण मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै फोहोर फिर्ता पठाउने निर्णय गरेको बताएको हो। विज्ञप्तीमा लेखिएको छ,' इन्डोनेसियाली जनता र वातावरणमा नकारात्मक असर पर्न नदिन यो निर्णय गरिएको हो।'

इन्डोनेसियाली कम्पनी पीटी एमडीआइसँग सहकार्य गर्दै अस्ट्रेलियन कम्पनी ओसिनिक मल्टी ट्रेडिङले फोहोर पठाउँदै आएको थियो।

इन्डोनेसियाले गत हप्ता मात्रै फ्रान्सका साथै अन्य युरोपियन राष्ट्रहरुबाट आएको फोहोरको कन्टेनरहरु फिर्ता पठाएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell