PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लुभुको जंगली च्याउ खाँदा एक जनाको मृत्यु



लुभुको जंगली च्याउ खाँदा एक जनाको मृत्यु
सांकेतिक फोटो

काठमाडौं: जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। ललितपुरको लुभुबाट ल्याएको जंगली च्याउ खाँदा धादिङ निलकण्ठ नगरपपालिका तारुखर्कका जनक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। नेपालीको स्वयम्भुस्थित मनमहोन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मंगलबार च्याउ खाएका ५ जना बिरामी भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो। थप ४ जनाको अवस्थाबारे जानकारी नआइसकेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell