PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकामा ब्रयारी आँधीको चेतावनी



अमेरिकामा ब्रयारी आँधीको चेतावनी
फोटो: Angela Catalano

अमेरिकाको लुउसिआनामा बाढीका कारण जनजीवन प्रभावित भइरहँदा ठूलै आँधीका आउन सक्ने चेतावनी जारी भएको छ। अविरल वर्षाका कारण सडकमा पानी जमेको छ भने घरहरु जलमग्न भएका छन्।

अमेरिकाको राष्ट्रिय आँधी केन्द्रले गल्फ अफ मेक्सिकोबाट आउँदै गरेको 'ट्रोपिकल स्ट्रोम ब्रयारी'ले अमेरिका क्षेत्रमा प्रवेश गर्ने अनुमान गर्ने चेतावनी जारी गरेको हो।

समुद्री तटमा रहेकाहरुलाई आँधी कुनैपनि बेला आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ। हाल आँधीको गति कम रहेपनि अमेरिकाको समुद्री तटमा आउँदा गति बढ्ने बताइएको छ।

गत शनिवारदेखि लुउसिआनामा वर्षा भइरहँदा आँधीको चेतावनी दिइएपछि उद्धारकार्यलाई तिब्रता दिएको छ। त्यहाँका स्थानीयहरुलाई बिना कारण बाहिर ननिसकन सचेत गराइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell