PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अविरल वर्षाका कारण घर भत्किँदा ललितपुरमा एक बालकको मृत्यु



अविरल वर्षाका कारण घर भत्किँदा ललितपुरमा एक बालकको मृत्यु

काठमाडौं: हिजोबाट जारी वर्षाका कारण ललितपुरको वागमती गाँउपालिका वडा नं २ माल्टास्थित बगुवामा घर भत्किँदा एक बालकको मृत्यु भएको छ।

घर भत्किँदा पन्चलाल जिम्बाको ११ बर्षीय छोरा सरोज जिम्बाको मृत्यु भएको स्थानीय प्रकाश लामाले जानकारी दिए।

बालकको मृत्युबारे सूचना प्राप्त भएको र प्रहरी घटनास्थलतर्फ लागिसकेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दूर्गा सिंहले बताइन्। पहिरोले बाटो अवरुद्ध भएकोले पैदल पुग्न प्रहरीलाई २ घन्टा लाग्ने सिंहले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell