PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रयोगकर्ताको गोपनियता कायम गर्न नसकेकोमा फेसबुकलाई साढे ५ खर्ब जरिवाना



प्रयोगकर्ताको गोपनियता कायम गर्न नसकेकोमा फेसबुकलाई साढे ५ खर्ब जरिवाना
फोटो : money.com

वासिङ्टन : अमेरिकी नियामक निकायले फेसबुकलाई साढे ५ खर्ब रुपैयाँ जरिवाना तिराउन अनुमती दिएको बीबीसीले उल्लेख गरेको छ।

फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको तथ्यांकको गोपनियता कायम राख्न नसकेको मुद्दाको फैसला सुनाउँदै उक्त जरिवानाको फैसला सुनाइएको हो। ८ करोड ७० लाखभन्दा धेरै प्रयोगकर्ताको तथ्यांक दुरुपयोग गरिएको आरोप फेसबुकमाथि लगाइएको छ।

आफ्ना प्रयोगकर्ताको तथ्यांकमाथि अनाधिकृत पहुँच पुर्‍याएको आरोपमा फेसबुक कम्पनीमाथि अमेरिकाको फेडरल ट्रेड कमिसन (एफटीसी)ले अनुसन्धान गरिरहेको थियो। उक्त मुद्दाको अनुसन्धान २०१८ देखि नै सुरु भएको थियो।

क्यामब्रिज एनालिटिका स्क्यान्डलमा फेसबुक दोषी ठहर भएको हो। क्यामब्रिज एनालिटिका बेलायति कम्पनी हो। सो कम्पनीले २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा  फेसबुक प्रयोगकर्ताहरुको सूचनाको दुरुपयोग गरेको बताइएको छ।

एफटीसीले जरिवाना तिराउन अनुमति दिएपनि अमेरिकाको न्याय मन्त्रालयले त्यसलाई स्वीकृत गर्नुपर्ने प्रावधान गरहेको छ। त्यसका लागि अझै केही समय लाग्न सक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell