PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हङकङमा रोकिएन विधेयक विरोधी आन्दोलन,सपिङ मल भित्रै प्रहरी र प्रदर्शनकारीबीच झडप



हङकङमा रोकिएन विधेयक विरोधी आन्दोलन,सपिङ मल भित्रै प्रहरी र प्रदर्शनकारीबीच झडप

हङकङ : हङकङ सरकारले त्यहाँको सदनमा ल्याएको सुपुर्दगी विधेयकको विरोधमा विगत एक महिनादेखि आन्दोलन भइरहेको छ। विरोध उग्र हुँदै गएपछि सरकारले विधेयक स्थगन गरेपनि प्रदर्शनकारीले आफ्ना मागहरु पुरा नभएको भन्दै आन्दोलन जारी राखेका हुन्।

प्रदर्शनकारीहरुले हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामको राजीनामा माग्नुका साथै विधेयक फिर्ता नै हुनुपर्ने माग गरिरहेका छन। उक्त विधेयकमा हङकङमा पक्राउ परेका अभियुक्तहरुलाई सजिलै मेनल्यान्ड चाइनामा सुपुर्दगी गर्ने व्यवस्था थियो। 

यसैबीच आइतवार प्रहरी र प्रदर्शनकारीबीच पुन: झडप भएको छ भने केहीलाई पक्राउ गरिएको छ। अन्तर्राष्ट्रियस्तरमा प्रसिद्ध हङकङको एक सपिङ मलमा भएको झडपमा धेरै संख्यामा प्रदर्शनकारी घाइते भएको बताइएको छ। प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन लाठीचार्ज गरेका थिए।

प्रदर्शनकारीले सडकमा ब्यारीकेड लगाई अवरोध पुर्‍याएपछि प्रहरीले हस्तक्षेप गरेको बताइएको छ। प्रहरीले ब्यारीकेड हटाएपछि प्रदर्शनकारीहरु मलमा प्रवेश गरेका थिए। प्रदर्शनकारीले प्रहरी माथि नै आक्रमण गरेपछि प्रहरीले जवाफी कारवाही गरेको अधिकारीहरुले बताएका छन्।

एक हप्ताअघि मात्रै प्रदर्शनकारीहरुले हङकङको सदन नै कब्जामा लिएर तोडफोड गरेका थिए। त्यसयता आन्दोलनले उग्र रुप लिँदै गरेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell