PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पेस्तोल देखाई सुन लुट्ने तीन जनाको योजना यसरी रोक्यो प्रहरीले



पेस्तोल देखाई सुन लुट्ने तीन जनाको योजना यसरी रोक्यो प्रहरीले

काठमाडौं: प्रहरीले पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले आइतवार साँझ काठमाडौँ महानगरपालिका २६ मित्र नगर नयाँ बसपार्कमा रहेको नेपाली तारा होटेलबाट पेस्तोल उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका ४ चौघडाका २९ वर्षीय प्रितम राई, ३७ वर्षीय रामकुमार राई र भारत दार्जिलिङ घर भई काठमाडौँ टोखा बस्ने ३६ वर्षीय सविन भन्ने सचिन खवास रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

प्रहरीले उनीहरूको  साथबाट मेड इन इटाली लेखिएको अटोमेटिक पेस्तोल एक थान र पेस्तोलमा लाग्ने गोली ५ राउन्ड र बा. ६७ प. २६६६ र बा. ९९ प. १३०३ नम्बरको दुई थान मोटरसाइकल समेत बरामद गरेको छ।

अपराधको योजना बुन्दै

सविन खवास मिति २०७३ फागुन गते नुवाकोट घ्याङफेदी ७ बस्ने मनदोर्जे तामाङलाई अपहरण तथा शरीर बन्धक मुद्दामा हतियारसहित परेका व्यक्ति हुन्। उनी गत मंसिर ४ गते डिल्लीबजार कारागारबाट छुटेका थिए। कारागारबाट छुटेपछि सविन समुह खडा गरी लुटपाटको योजना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

४/५ महिना अगाडीमात्र  सविनले नुवाकोटमा प्रितम राई र रामकुमार राईको ठेक्कापट्टा काम गर्ने सम्बन्धमा भेट तथा चिनजान अगाडि बढाएका थिए। प्रितम राई पनि गत मंसिरमा नुवाकोटबाट ज्यान मार्ने उद्योगमा पक्राउ परेको थिए। रामकुमार राई नुवाकोटबाट सार्बजनिक अपराधमा पक्राउ गरेका अर्का अभियुक्त हुन्।

सविनले गत आइतवार 'मोटो रकम आउने काम छ' भनी प्रितम राई र रामकुमारलाई हतियार लिई आउन भन्दै फोन गरी नुवाकोटबाट काठमाडौं बोलाएको प्रहरीले जानकारी दिएको छ। नुवाकोटबाट रामकुमारले हतियार लिएर आएका थिए।

उनीहरुको आइतवार बिहान टोखामा भेट भएको र भेटमा सुन लुट्ने योजना बनाई रामकुमारले प्रितम राईलाई हतियार राख्न दिएको प्रहरीले बताए। लुट्ने योजना बनाइरहेको अवस्था प्रहरीले उनीहरुलाई समातेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell