PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बालबालिकाको खानामा चिनीको मात्रा धेरै, गुलियो अनावश्यक प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने डब्लुएचओको आग्रह



बालबालिकाको खानामा चिनीको मात्रा धेरै, गुलियो अनावश्यक प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने डब्लुएचओको आग्रह
फोटो: energy-guidance-complete.com

कोपेनहेगेन: बालबालिकाका लागि व्यवसायिक रूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्यधिक रहेको पाइएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ। 

खाद्य पदार्थमा समावेश गरिएका चिजहरुको सूची पनि अलमल पार्ने खालको रहेको पनि डब्लुएचओको प्रतिवेदनमा उल्लेख छ। 

सङ्गठनले खाद्य पदार्थ राखिएका झण्डै पाँच सय ठाँउका आठ हजार उत्पादनको परीक्षण गरेको अधिकारीहरुले जनाएका छन्। 

उनीहरूका अनुसार संगठनले अष्ट्रिया, बुल्गेरिया, इजरायल र हङ्गेरीमा सन् २०१७ को नोभेम्बरदेखि सन् २०१८ को जनवरीसम्म अध्ययन गरेको थियो।

“परीक्षण गरिएका मध्ये आधा भन्दा बढीमा ३० प्रतिशत भन्दा बढी क्यालोरी रहेको पाइएको छ,” डब्लुएचओको युरोपेली शाखाले उल्लेख गरेको छ।

फलफूल तथा तरकारीमा भएको प्राकृतिक गुलियो पदार्थलाई भने बालबालिकाहरूका लागि सन्तुलित आहारकै रूपमा लिनुपर्ने प्रतिवेदनमा जनाइएको छ।  

“तर अति धेरै गुलियो पदार्थ व्यवसायीक खाद्य पदार्थहरुमा पाइएकाले त्यसप्रति चासो बढेको हो,” एक अधिकारीले भने। 

अत्यधिक गुलियो पदार्थको सेवनले बालबालिकाको अत्यधिक तौल र दाँतसम्वन्धी समस्या उत्पन्न गराउने खतरा रहने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। 

“राम्रो पौष्टिक तत्वका लागि जोड गर्नु पर्दछ, बालबालिकाको वृद्धि र विकासका लागि यो अत्यावश्यक पनि छ, यसलाई स्वास्थ्यको दृष्टिबाट ख्याल गर्नुपर्दछ,” डब्लुएचओका युरोपेली क्षेत्रीय निर्देशक जिसजसन्ना याकवले वक्तव्यमा लेखेका छन्।

डब्लुएचओले आमाको दुधको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता देखेको छ। छ महिनादेखि दुई बर्षसम्मका बालबालिकालाई घरमै बनेका खानेकुरा खुवाउन पनि डब्लुएचओले सुझाव दिएको छ।  

डब्लुएचओको वक्तव्यमा बालबालिकाका लागि उत्पादन गरिएका खाद्य पदार्थमा चिनी तथा गुलियो पदार्थको अनावश्यक तथा थप प्रयोगमा प्रतिबन्ध नै लगाउन आग्रह गरिएको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell