PahiloPost

Jul 3, 2024 | २० असार २०८१

मिटुको आरोपपछि शो छाडेका अनु मलिक गायन रियालिटी शोमा फर्किँदै!



मिटुको आरोपपछि शो छाडेका अनु मलिक गायन रियालिटी शोमा फर्किँदै!

२०१८ मा हलिउडदेखि बलिउडसम्म मिटु अभियानले ठुलो चर्चा पाएको थियो। हलिउड बलिउड कलाकारहरुले मिटु अन्तर्गत आफूमाथि भएको सेक्सुअल ह्यारेसमेन्टविरुद्ध आवाज उठाएका थिए। यसैबीच बलिउड गायक तथा संगीतकार अनु मलिकलाई पनि मिटुको आरोप लागेको थियो। उनलाई गायिका सोना मोहपात्रा र स्वेता पण्डितले सेक्सुअल हेरस्मेन्टको आरोप लगाएका थिए।

मिटुको आरोप लागेपछि उनी भारतीय रियालिटी शो ‘इन्डियन आइडल सिजन १०’ को जजबाट पनि बाहिरिएका थिए। यसैबीच अनु मलिक फेरि अर्को गायन रियालिटी सो ‘सुपरस्टार सिंगर’ मा देखिने चर्चा चलेको छ।

अनु मलिक यसपटक गायन रियालिटी शोमा जजको रुपमा नभएर गेस्टको रुपमा मात्र रहने टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। उनी संगीतकार समिरको साथमा गेस्ट अपिरियन्समा रहने बताइएको छ। यसअघि पनि अनु मलिक इण्डियन आइडल सिजन ११ को जजमा रहने खबरहरु सार्वजनिक भएका थिए।

मिटुको आरोप हराँउदै गएपछि मेर्कसहरु इन्डियन आइडलमा अनु मलिकलाई फेरि जजमा लिने विचार गरिरहेका छन्। इन्डियन आइडलको नयाँ सिजन सुरु भईसकेको छैन। त्यसैले अनु मलिक यो सिजनमा हुन्छन् या हुँदैनन् त्यो भने सस्पेन्स नै रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell