PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

नेपाल भारत सम्बन्धबारे प्रम ओली : असल छिमेकी हुन पारवहन पनि सहज हुनुपर्छ



नेपाल भारत सम्बन्धबारे प्रम ओली : असल छिमेकी हुन पारवहन पनि सहज हुनुपर्छ

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच  पारवहनलगायतका विषयमा सहज व्यवस्था हुन आवश्यक रहेको बताएका छन्। 

आज नेपाल उद्योग वाणिज्य महासंघ र मारिटाइम गेटवेको आयोजनामा आज प्रथम नेपाल पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्।
 
नेपाल भारतबीच उल्लेखनीय परिमाणमा व्यापार, लगानी, पर्यटन र जनता–जनताबीचको आवतजावत भइरहेको सन्दर्भमा दुई देशबीचको सम्बन्धको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी असल छिमेकीहरु हौं, र हामी असल छिमेकी हुनै पर्दछ। त्यसका लागि व्यापार र पारवहन व्यवस्थापनलाई सहज, झन्झटमुक्त र मितव्ययी बनाउनुपर्छ। यसमा स्मार्ट लजेस्टिकको महत्वपूर्ण भूमिका हुने गर्दछ।’

प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच निकै पुरानो बहुआयामिक सम्बन्ध रहेको उल्लेख गरे। ‘हाम्रो सम्बन्धले खासगरी बदलिएको राजनीतिक र आर्थिक परिवेशमा नयाँ उचाइ हासिल गर्दैछ,’प्रधानमन्त्री ओलीले भने। 

प्रधानमन्त्री ओलीले नेपाल भारत निकट छिमेकीमात्र नभएर अभिन्न मित्रहरुसमेत भएको धारणा राखे।  प्रधानमन्त्री ओलीले  भने, ‘दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशका रुपमा नेपाल र भारतबीच बढीभन्दा बढी अन्तरक्रिया र सहकार्य हुन अत्यावश्यक छ।  यस्तो अन्तरक्रिया र सहकार्य सार्वभौम समानता, आपसी विश्वास, सम्मान र सहयोगमा आधारित भएर सरकार र जनता तहमा हुनु पर्दछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell