PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अमेरिकाको ओहायोमा पनि चल्यो गोली, एफबीआई पुग्यो घटनास्थलमा



अमेरिकाको ओहायोमा पनि चल्यो गोली, एफबीआई पुग्यो घटनास्थलमा

अमेरिकाको ओहायो राज्यको डेटन काउन्टीमा अन्धाधन्धु गोली चलेको बीबीसीले उल्लेख गरेको छ। सो घटनामा धेरै मानिसलाई गोली लागेको हुनसक्ने अनुमान गरिएको छ। घाइतेहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।

अमेरिकाको टेक्ससको एक सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार भएको केही घण्टा नबित्दै ओहायोमा समेत गोली चलेको हो। टेक्ससमा भएको गोली प्रहारबाट २० जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएको थिए। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सो आक्रमणमा संलग्न भएको आशंकामा २१ वर्षीय प्याट्रिक क्रुसियसलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

ओहायोमा कसले गोली चलायो भन्ने खुलेको छैन। प्रहरीले हाललाई गोली चलेको स्थान खाली गराइ अनुसन्धान गरिरहेको छ।

सामाजिक सञ्जालमा भने सडकमा धेरै संख्यामा बन्दुक बोकेका मानिसले गोली चलाएको देखिएको छ। अमेरिकी गुप्तचर एजेन्सी समेत घटनास्थलमा पुगिसकेको छ।

डेटन प्रहरीलेले घटनास्थल वरिपरि सावधानी अपनाउन भन्दै घटनाबारे केही सूचना थाहा भए जानकारी गराउन त्यहाँका स्थानीयसँग आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell