
क्यानडामा जारी ग्लोबल टि २० क्रिकेटमा टोरन्टो नेशनल्सले मोनट्रियल टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ।
टाइगर्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा १३६ रन बनाएको थियो। टाइगर्सका लागि केल कोतजरले सर्वाधिक २६ रन बनाए। राम्रो प्रदर्शन गर्न नसक्दा टाइगर्सले सानो लक्ष्यमा नै चित्त बुझाउनु परेको थियो। नेशनल्सका लागि क्रिस ग्रीन र सल्मान नजारले दुई-दुई विकेट लिए। नेपालका सन्दीप लामिछानेले भने ४ ओभरमा २८ रन दिँदै १ विकेट लिए।
जवाफी ब्याटिङमा नेशनल्सका चिराग सुरीले सर्वाधिक ५२ रन बनाए भने क्रिस ग्रीनले नट आउट रहँदै ३० रन बनाए। नेशनल्सका कप्तान युवराज सिंह शून्य रनमा रिटायर्ड हर्ट भए। नेशनल्सले १७.३ ओभरमा ६ विकेट गुमाउँदै १३७ रन बनाउँदै विजयी हासिल गरेको हो।
जीतसँगै नेशनल्स ४ अंक सहित अंक तालिकामा पाँचौं स्थानबाट चौथो स्थानमा पुगेको छ। ब्रयाम्पटन उल्भस् ८ अंकका साथ तालिकाको पहिलो स्थानमा रहेको छ।