PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिड्नीमा नयनराज पाण्डेसँग अन्तर्क्रिया 



सिड्नीमा नयनराज पाण्डेसँग अन्तर्क्रिया 

गएको शनिबार अष्ट्रेलियाको सिड्नीमा साहित्यकार नयनराज पाण्डेसँग पाठकहरुले अन्तर्क्रिया गरे। कार्यक्रममा पाण्डेले पहिलो पटक पाठकहरुमाझ आफ्ना कवितासमेत वाचन गरेका थिए।

साताको साहित्य र नेपाली पत्र अस्ट्रेलियाले आयोजना गरेको कार्यक्रम नेपाली पत्रका सम्पादक ऋषि आचार्यले सञ्चालन गरेका थिए भने सहजकर्ताको भूमिका लेखक तथा साताको साहित्यका सम्पादक निष्प्रभ सजीले निभाएका थिए। 

प्रवासमा नेपाली साहित्यलाई पाठकहरुले दिएको स्नेह र सम्मान कहिल्यै नबिर्सिने उल्लेख गर्दै पाण्डेले आफूलाई सुन्न आइपुगेका पाठकहरुको उपस्थिति देखेर उत्साहित भएका थिए। लेखक पाण्डेका दुबै सन्तानले अस्ट्रेलियामा उच्च शिक्षा हासिल गर्दैछन्। त्यही क्रममा छोराको ग्राजुएसन सेरेमोनीका लागि अस्ट्रेलिया आइपुगेका बेला पाठकहरुसँग साक्षात्कर गराउने जमर्को गरिएको आयोजकले जनाएको छ। े



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell