PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

प्रिमियर लिगको पहिलो खेलमा लिभरपुलद्वारा नर्विच सिटी पराजित



प्रिमियर लिगको पहिलो खेलमा लिभरपुलद्वारा नर्विच सिटी पराजित
फोटो: LIVERPOOL FC via GETTY IMAGES

प्रिमियर लिग अन्तर्गत यो सिजनको पहिलो खेलमा लिभरपुल विजयी भएको छ। शुक्रवार सम्पन्न खेलमा लिभरपुलले नर्विच सिटीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

नर्विचका कप्तान ग्रान्त हान्लेले खेलको ७ मिनेटमा आत्मघाती गोल गरेर लिभरपुलका लागि खाता खोलेका थिए। लिभरपुलको जीतका लागि मोहम्मद सालाहले १९ औं मिनेटमा, भर्जिल भान डइज्सले २८ औं मिनेटमा र डिचोक ओरिजीले ४२ मिनेटामा गोल गरे।

यता, नर्विचका लागि टिमु पुकेकीले ६४ मिनेटमा एक गोल गरे।

प्रिमियर लिगमा आज ६ खेल हुँदैछन्। आजको खेलमा वेस्ट ह्याम विरुद्ध म्यानचेस्टर सिटी, क्रिस्टल प्यालेस विरुद्ध एभरटन, ब्रनले एफसी विरुद्ध साउथ ह्याम्पटन, वातफोर्ड विरुद्ध ब्रिंगटन, बर्नमाउथ विरुद्ध सेफ युनाइटेड र टोटन ह्यामले एस्टन भिल्लाको सामना गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell