PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

रसियामा रकेट विस्फोट हुँदा ५ जनाको मृत्यु, रेडिएसनबाट बच्न स्थानीय आयोडिनको खोजीमा



रसियामा रकेट विस्फोट हुँदा ५ जनाको मृत्यु, रेडिएसनबाट बच्न स्थानीय आयोडिनको खोजीमा
फाइल फोटो : RUSSIAN DEFENCE MINISTRY WEBSITE

मस्को: रसियाको न्योनोस्कनस्थित रकेट परीक्षणस्थलमा रकेट विस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ।

रसियाको आणविक कम्पनी रोसातमले रकेट परीक्षणका क्रममा विस्फोट भएको पुष्टि गरेको बीबीसीले जनाएको छ।

घटनामा तीन जना घाइते भएको र उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ।

अधिकारीहरुका अनुसार विस्फोटपछि इन्जिनियर र प्राविधिक टोलीले त्यहाँको ' इसोटोप पावर सोर्स' बारे अध्ययन गरिरहेका छ।

न्योनोस्कास्थित केन्द्रमा  रसियाको समुद्री सेनाले प्रयोग गर्ने क्षेप्यास्त्र, ब्यालिस्टिक मिसाइल, क्रुज किसाइल र एन्टी एयरक्राफ्ट मिसाइलहरु परीक्षण हुनेगर्छ।

विस्फोटपछि रकेटबाट ठूलो मात्रामा 'रेडिएसन' निस्किएको थियो। रेडिएसन फैलिएपछि सो क्षेत्रका स्थानीयहरु प्रभावित भएका थिए। रेडिएसनबाट बच्न उनीहरु नजिकका अस्पताल र स्वास्थ्य चौकीमा आयोडिन दिन दौडिएको बताइएको छ।

रसियाको रक्षा मन्त्रालयले विस्फोटका कारण खतरनाक रसायनहरु नफैलिएको दाबी गर्दै रेडिएसनको मात्रा सामान्य रहेको दाबी गरेको छ।

गत सोमबार पनि रसियाली सेनाको साइबेरिया स्थित विस्फोटक पदार्थ भण्डारण गर्ने स्थानमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भए थिए। 

अधिकारीहरुले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell