PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

चीनमा लेकिमा आँधीको कहर, १३ जनाको मृत्यु, १० लाख मानिस विस्थापित



चीनमा लेकिमा आँधीको कहर, १३ जनाको मृत्यु, १० लाख मानिस विस्थापित
फोटो: REUTERS

चीनमा समुद्री आँधी लेकिमाका कारण लाखौं भन्दा बढी मानिस प्रभावित भएका छन्। चिनियाँ अधिकारीहरुका अनुसार हालसम्म आँधीका कारण १३ जनाको मृत्यु भइसकेको छ। आँधीसँगै आएको पहिरोका कारण १६ जना वेपत्ता रहेको बताइएको छ।

लेकिमा चीनको सांघाई र ताइवानबीच रहेको वेनलिङमा शनिवार बिहानै प्रवेश गरेको थियो। त्यस अघि सो आँधीले ताइवानमा विनाश मच्चाइसकेको थियो।

मौसमविद्हरुले १८७ प्रति घण्टाको गतिले सक्रिय रहेको टाइफुन लेकिमालाई 'सुपर टाइफुन' को संज्ञा दिएका छन्।

आँधीका कारण १० लाख मानिस विस्थापित भएका छन् भने कयौंलाई सुरक्षित स्थानमा सारिएको छ। बाढी र पहिरोमा फसिरहेका उद्धारकार्य जारी रहेको अधिकारीहरुले बताएका छन्। धेरै स्थानमा सडक,रेल र हवाइ सेवा प्रभावित हुनुका साथै २७ लाख घरहरुमा बिजुली आपूर्ति समेत बन्द भएको छ। आँधीका कारण एक हजार भन्दा बढी हवाइ उडान र रेल सेवा रद्द गरिएको छ। 

वेनलिङ शहरमा मात्रै २ लाख ५० हजार मानिसलाई स्थानतरण गरिएको छ भने जेनजियाङमा ८ लाख मानिसलाई सुरक्षित स्थानमा स्थानतरण गरिएको छ।  

आँधी विस्तारै जेनजियाङ प्रान्त हुँदै सांघाई प्रवेश गर्ने बताइएको छ। सांघाई पुग्ने बेला सम्म आँधीको गति कम हुने भएपनि डरलाग्दो बाढी भने आउने सम्भावना रहेको भन्दै स्थानीयलाई सचेत गराइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell