PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

प्रधानमन्त्री ओली सिंगापुरबाट स्वदेश फिर्ता



प्रधानमन्त्री ओली सिंगापुरबाट स्वदेश फिर्ता

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट आज स्वदेश फर्केका छन्। स्वास्थ्य परीक्षणका लागि साउन १८ गते त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली आज मध्यान्ह स्वेदश आइपुगेका हुन्।

प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा नेकपाका नेता तथा कर्मचारीहरु पुगेका थिए।

ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो। प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell