PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अदालतको आदेशसँगै हङकङ विमानस्थल प्रवेशमा प्रदर्शनकारीलाई रोक, दुई दिनपछि सुरु भयो हवाइ उडान



अदालतको आदेशसँगै हङकङ विमानस्थल प्रवेशमा प्रदर्शनकारीलाई रोक, दुई दिनपछि सुरु भयो हवाइ उडान
फोटो: AFP

हङकङ : दुई दिन देखि ठप्प रहेको हङकङ अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ। हङकङ सरकार विरुद्ध आन्दोलन गरिरहेकाहरुले सोमबार विमानस्थलमा प्रवेश गर्दै विमानस्थल नियन्त्रणमा लिएका थिए। कालो कपडा लगाइ प्रदर्शनका उत्रेका प्रदर्शनकारीहरुका कारण दुई दिन देखि विश्वकै अति व्यस्त विमानस्थलमा पर्ने हङकङ अन्तर्राष्ट्रय विमानस्थलमा उडानहरु हुन सकेका थिएनन्।

प्रदर्शनकारीहरु टर्मिनल भवन भित्रै नै पुगेर धर्ना बसेपछि अवस्था असामान्य भएको थियो। उनीहरुलाई हटाउन प्रयासमा प्रहरी र प्रदर्शनकारीहरुबीच कयौंपटक झडप भएको थियो। झडपका क्रममा प्रदर्शनकारीका साथै प्रहरीहरु पनि घाइते भएका छन्। कयौंलाई नियन्त्रणमा लिइएको छ। 

विमानस्थल अधिकारीहरुले प्रदर्शनकारीलाई प्रवेश गर्न रोकेसँगै हाल भने उडान संचालनमा आएको हो। हङकङको एक अदालतले विमानस्थल प्रशासनलाई प्रदर्शनकारीलाई हटाउँदै सेवा संचालन गर्न निर्देशन दिएको थियो। यद्यपि, अझै धेरे उडानहरु रद्द वा स्थगित गरिएको छ।

सुपुदर्गी विधेयक अन्तर्गत मेनल्यान्ड चाइनामा सजिलै बन्दी हस्तान्तरण गर्न सकिने प्रावधानकोविरुद्ध दश हप्ता अघि सुरु भएको आन्दोलन चर्किँदै गएको हो। विरोध चर्किँदै गएपछि सरकारले सदनबाट विधेयक स्थगन गरेको थियो। तर, प्रदर्शनकारीहरुले भने विधेयक स्थगन नभई फिर्ता नै लिनुपर्ने र हङकङकै कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने माग राख्दै विरोध गर्दै आएका छन्।

यता, ल्यामले भने विमानस्थल नियन्त्रणमा लिने प्रयास गरेकाहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएकी छिन्।  हङकङ सरकारले जारी गरेको विज्ञप्तीमा हाल हङकङमा भइरहेको प्रदर्शन निकै उग्र हुँदै गएको र यसले सभ्य समाजमा अशान्ती फैलाएको उल्लेख गरेको छ। 

यस्तै चीनले पनि हङकङमा भएको प्रदर्शन उग्र बन्दै गएको र त्यसले चीनको एक राष्ट्र दुई प्रणाली नीतिमाथि संकट उत्पन्न गरेको भन्दै कडा कदम चाल्न बाध्य हुनुपर्ने बताएको छ। हाल प्रदर्शनरत पक्षलाई 'आतंकवाद' सँगै तुलना गर्दै चीनले हङकङमा चीनको झण्डा जलाउने , चिनिया कार्यालयहरुमा तोडफोड भएको भन्दै अवस्था नियन्त्रणमा लिन हङकङमा चिनियाँ जनमुक्ति सेना परिचनलन हुन सक्ने चेतावनी दिइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell