PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लिभरपुललाई सुपर कपको उपाधि



लिभरपुललाई सुपर कपको उपाधि

लिभरपुलले युएफा सुपर कपको उपाधि जितेको छ। आज बिहानै भएको खेलमा चेल्सीलाई लिभरपुलले पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। 

पहिलो हाफमा चेल्सीका ओलिभर ग्राउन्डले ३६ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा भने लिभरपुलका साडियो मानेले ४८ मिनेटमा गोल गरि खेललाई बराबरीमा ल्याएका थिए। ९० मिनेटमा खेल बराबरी भएसँगै थपिएको ३० मिनेटमा मानेले नै ९५ मिनेटमा दोस्रो गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर, १०१ मिनेटमा जोर्गिन्होले चेल्सीका लागि दोस्रो गोल गर्दै फेरि खेललाई बराबरीमा पुर्‍याएका थिए।
अतिरिक्त समयमा पनि दुवै टोलीको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। 

यसपटकको सुपरकप फाइनलमा चेल्सी र लिभरपुलबीचको खेल महिला रेफ्रीले संचालन गरेकी थिइन्। फ्रान्सकी स्टेफेनी फ्राप्पार्ट युएफा सुपर कपमा रेफ्रीको भूमिका निर्वाह गर्ने पहिलो महिला बनेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell