PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आउँदो निर्वाचनमा पूर्ण बहुमत ल्याउने तयारीका साथ पार्टी अघि बढिसक्यो : कमल थापा 



आउँदो निर्वाचनमा पूर्ण बहुमत ल्याउने तयारीका साथ पार्टी अघि बढिसक्यो : कमल थापा 

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउँदो निर्वाचनमा जनताको मन जितेर पूर्ण बहुमतका साथ स्थापित गर्ने तयारीका पार्टी अघि बढिसकेको दाबी गरेका छन्।

आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दोलखा–काठमाडौं सम्पर्क समाज गठनका लागि आयोजित कार्यक्रममा अध्यक्ष थापाले उक्त भनाई राखेका हुन्।

कार्यक्रममा थापाले संवैधानिक तवरबाटै हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने दृढ संकल्प पार्टीको रहेको बताए।

गत संविधानसभामा राप्रपाको गणपुरक संख्यामा उपस्थिती हुन नसकेकै कारण हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापित हुन नसकेको कमजोरी स्वीकार्दै उनले अबका दिनमा सशक्त भएर अघि बढ्न कार्याकर्तालाई निर्देशन दिए।

अध्यक्ष थापाले परम्परागत संस्कृति मासेर आएका पार्टीहरु र धर्म, संस्कृति, परम्परा मान्ने दुई समुह बिच नै प्रतिष्पर्धा हुने भएकोले जनताको घरदैलोमा पार्टीको एजेण्डा पुर्‍याउन सके राप्रपा अग्रणी हुनेमा आफु विश्वस्त रहेको बताए। 

अध्यक्ष थापाले नवगठित दोलखा–काठमाडौं सम्पर्क समाजका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिंदै पार्टीका एजेण्डाहरुलाई जनताको घरदैलोमा पुर्‍याउन सम्पर्क समाज कोशेढुंगा सावित हुनेमा आफु विश्वस्त रहेको बताए।

मोहन कार्कीको अध्यक्षतामा गठित दोलखा–काठमाडौं सम्पर्क समाजको उपाध्यक्षमा सरिता श्रेष्ठ, सचिवमा दिनेश सिवाकोटी, सहसचिवमा सुवाष सुवेदी र मोतिलाल श्रेष्ठ, कोषाध्यक्षमा दावा शेर्पा, सह कोषाध्यक्षमा सुष्मिता सुवेदी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell