PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पाथीभरा गोल्डकपः मोरङद्वारा ताप्लेजुङ- ११ पराजित



चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ।

टाइबेकरमा मोरङले घरेलु टोली ताप्लेजुङ- ११ लाई ५ -४ गोल अन्तरले पराजित गरेको हो। यस अघि निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। टाइब्रेकरमा मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र शङ्कर राईले गोल गरेका थिए। ताप्लेजुङका लागि क्रिस राई, सन्तोष लिम्बू, मनिराज लिम्बू र सुशिल लिम्बूले गोल गरे भने विकास शेर्पा गोल गर्न चुकेका थिए।

खेलको म्यान अफ दि म्याच मोरङका सूर्य श्रेष्ठ घोषित भए। आज रेड हर्ष क्लब इलाम र फिदिम स्पोर्टिङ क्लबबीच हुनेछ। आगामी भदौ ६ गतेसम्म चल्ने प्रतियोगितामा नेपालको पाँच तथा भारतको एउटा टोली सहभागि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell