PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पोर्टेट गालामा प्रवल गुरुङलाई मानार्थ फेसन डिजाइनरको सम्मान



पोर्टेट गालामा प्रवल गुरुङलाई मानार्थ फेसन डिजाइनरको सम्मान
फोटो: WWD

नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रवल गुरुङलाई यस वर्षको अमेरिका पोर्टेट गालामा मानार्थ फेसन डिजाइनरका रुपमा सम्मान गरिने गएको छ। प्रवलले यसपटक गालाको अध्यक्षको लागि कपडा डिजाइन गर्नुका साथै डिनर गेस्टहरुका लागि टेक अवे डिजाइन समेत बनाउने बताइएको छ।

प्रवल गुरुङ फेसन डिजाइनिङमा अमेरिकामा स्थापित नाम हुन्। उनले अमेरिकाका पूर्व प्रथम महिला मिसेल ओबामा लगायत विभिन्न सेलिब्रेटीका ड्रेस डिजाइन गर्दै आएका छन्। तर यपटक हडसन यार्डका लागि हुने फेसन शोमा उनले सहभागिता नजाउने सम्भावना रहेको बताइएको छ। उक्त शो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचनका लागि आर्थिक सहयोग जम्म गर्ने माध्यम हुन सक्ने सूचना प्रकाशित भएकाले प्रवललगायतका डिजाइनरले सहभागिता रद्द गर्ने तयारी गरिरहेको बुझिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell