PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गोरखामा खुर्पा प्रहार गरी पत्नीको हत्या



गोरखामा खुर्पा प्रहार गरी पत्नीको हत्या
प्रतीकात्मक तस्बिर

गोरखा: गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति पतिले खुर्पा प्रहार गरी पत्नीको हत्या गरेका छन्। स्थानीय २० वर्षीय याकुब परियारले १९ वर्षकी पत्नी पूजा परियारको खुर्पाले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए।

'छिमेकीहरुले दिएको सूचनाको आधारमा प्रहरी तत्काल घटनास्थल पुगेको थियो', उनले भने, '१० बजेतिर घटना भएको रहेछ, प्रहरी पुग्दा घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा पूजाको शव भेटियो।' प्रहरीका अनुसार पूजाका पति याकुव मानसिक रोगी हुन्।

हत्याका आरोपित याकुवलाई गए राति नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ। 'उनी मानसिक रोगको औषधि खाँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ', एसपी अधिकारीले भने, 'घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।' मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell