PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अफगानिस्तानमा विवाह भोज चलिरहेको स्थानमा आत्मघाती बम विस्फोट, ६३ जनाको मृत्यु



अफगानिस्तानमा विवाह भोज चलिरहेको स्थानमा आत्मघाती बम विस्फोट, ६३ जनाको मृत्यु

अफगानिस्तानमा विवाह भोज चलिरहेको हलमा बम विस्फोट हुँदा ६३ जनाको मृत्यु भएको छ। आत्मघाती बम्बरले गराएको सो विस्फोटमा १८० जनाभन्दा बढि घाइते भएका छन्।

विस्फोट भएको क्षेत्रमा धेरैजसो महिला र बालबालिका रहेको अधिकारीहरुले बताएका छन्।

 सिया मुसलमानहरुको बाहुल्यता रहेको पश्चिम क्षेत्र भएको सो आक्रमणको जिम्मेवारी हाल सम्म कसैले लिएको छैन भने तालिबानले विस्फोटमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ। तालिबानले महिला र बालबालिका प्रति लक्षित गर्दै भएको आक्रमणको निन्दा गरेको छ। सो क्षेत्रमा रहेका सिया मुस्लमानलाई लक्षित गर्दै सुन्नी मुस्लिम, तालिबान र इस्लामिक स्टेटले बारम्बार आक्रमण गर्दै आएका छन्।

विस्फोटपछि करिब २० मिनेटसम्म हलबाट धुँवा निस्किएको थियो। हाल भने विस्फोट स्थलबाट शवहरु निकाल्ने क्रम जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell