PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यो सरकार जनताको फ्रस्टेसनबाट बनेको सरकार होइन: प्रधानमन्त्री ओली



यो सरकार जनताको फ्रस्टेसनबाट बनेको सरकार होइन: प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार विरुद्ध जनतामा भ्रम फैलाउने कोसिस भइरहेको बताएका छन्। संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानसभाबाट निर्मित संविधान र भएको चुनावबाट वर्तमान सरकार बनेको भन्दै यो सरकार जनताको फ्रस्ट्रेसनमाथि टेकेर बनेको सरकार नभएको बताएका हुन्। 

जनतामा निराशा फैलाएर सरकारलाई असफल बनाउनेहरु सक्रिय रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, 'यो बलिदान र संघर्षले बनेको सरकार हो।  सरकार र सरकार सञ्चालन गर्नेहरुका नीतिहरुलाई अभिमत दिएर बनेको सरकार हो। सरकारको निष्ठामा भ्रम फैलाउने कोसिस भइरहेको छ। यो हाम्रा विरोधीहरुले चलाउने हल्ला हुन्। संसदमा रहेका लोकतान्त्रिक शक्ति विरुद्ध जनताको विश्वास भत्काउने, जनतामा फ्रस्ट्रेन ल्याउने प्रयास भइरहेको छ।'

ने क पाको सरकारलाई कसैले लोकतन्त्र ल्याउन दिएको नभइ आफैं लोकतन्त्र ल्याउन लडेको पार्टी ने क पा रहेको भन्दै ओलीले  जनताको आलोचना बेहोर्नु नपरेको आफ्नो सरकारलाई  लोकतान्त्रिक नभइ अधिनायकवादी भनेर भने पनि त्यो जनताले नपत्याउने बताए।  

प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधन: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell