PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दक्षिण भारतीय सिनेमाका मेगास्टार रजनीकान्तको फिल्म क्षेत्रमा ४४ वर्ष पूरा



दक्षिण भारतीय सिनेमाका मेगास्टार रजनीकान्तको फिल्म क्षेत्रमा ४४ वर्ष पूरा
फोटो :LIVEMINT

भारतीय फिल्म उद्योगमा चर्चित नाम हो रजनीकान्त। अझ दक्षिण भारतका त उनी मेगास्टार हुन्। उनको फिल्म प्रदर्शनमा आउने दिन सिनेमा घरहरुमा टिकट किन्नेहरुको भीड हुन्छ। प्राय फिल्महरु हाउस फूल हुन्छन्। दर्शकहरु उनको तस्विरलाई दूधले अभिषेक गराउँछन्। उनलाई भगवान् नै मान्छन्। 

उनै रजनीकान्तले फिल्म उद्योगमा प्रवेश गरेको आज ४४ वर्ष पूरा भएको छ।

उनी भारतमा मात्र नभएर विश्वभर नै लोकप्रिय छन्। उनको एक्सनदेखि डायलग डेलिभरी गर्ने तरिका,पहिरन आफैमा चर्चित विषय हो।  

रजनीकान्तले २५ वर्षको उमेरमा 'अपूर्व रागंगल' नामक फिल्मबाट सिने क्षेत्रमा डेब्यु गरेका थिए। यो फिल्म १९७५ मा प्रर्दशनमा आएको थियो। सो फिल्मले तीनवटा राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो भने रजनीकान्तको अभियनको प्रशंसा भएको थियो। त्यसपछि उनले थुप्रै दक्षिण भारतीय फिल्ममा अभिनय गरे। अधिकांश हिट रहे। 

उनले आफ्नो अभिनयको छाप बलिउड फिल्महरुमा समेत छाड्न सफल बने। १९९२ मा फिल्म 'अन्धा कानुन' बाट बलिउडमा समेत प्रवेश गरेका उनले चालबाज, बुलन्दी जस्ता हिट फिल्महरु दिए। काला, शिवाजी उनी अभिनित पछिल्ला फिल्महरु हुन्। जसले भारतीय बक्स अफिसमा व्यापारिक सफलता पाए।

आफू अभिनित हरेक फिल्म प्रर्दशन पश्चात रजनीकान्त हिमाली क्षेत्रमा गएर एकान्तमा योग गर्ने गर्दछन्।

१२ डिसेम्बर १९५० मा बैगलोरमा जन्मेका रजनीकान्त फिल्म क्षेत्रमा प्रवेश गर्नु अघि बसमा सहचालकको रुपमा काम गर्थे। फिल्म क्षेत्रमा संघर्ष गर्दै मेगास्टार बनेका रजनीकान्त हाल राजनीतिमा पनि सक्रिय रहँदै आएका छन्। जम्मू कश्मिरमा भारतको केन्द्र सरकारले गरेको अपरेसनलाई उनले मास्टर स्ट्रोकको संज्ञा दिएका थिए। २०२१ मा हुने विधानसभा निर्वाचनमा उनी निर्वाचन लड्ने योजनामा रहेको बताइन्छ।

भारतीय सिनेमामा योगदान पुर्‍याएकाले भारत सरकारले उनलाई पद्यम भूषण र पद्यम अभूषणबाट सम्मानित गरिसकेको छ।

यति बेला उनी मुरुगादौसको निर्देशन रहेको फिल्म 'दरबार' को सुटिङमा व्यस्त छन्। यो फिल्म २०२० मा प्रर्दशन हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell