PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पार्टीलाई एक ढिक्का बनाउने शेखरको प्रतिबद्धता, 'यो तरिकाले पार्टी चल्न सक्दैन'



पार्टीलाई एक ढिक्का बनाउने शेखरको प्रतिबद्धता, 'यो तरिकाले पार्टी चल्न सक्दैन'

मोरङ: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गुट र उपगुटमा विभाजित पार्टीलाई एक ढिक्का बनाएरै छाड्ने प्रतिबद्धता जनाएका छन्। वैचारिक गुट हुनुपर्नेमा गिरोह हावी भएकाले राम्रा र योग्य व्यक्तिलाई पार्टीमा उचित स्थान दिन नसकिएको कोइरालाले स्विकार गरेका छन्। 

नेपाली कांग्रेस,तरुण विभाग मोरङले विराटनगरमा आयोजना गरेको 'तरुण युवासँग कांग्रेस' बिषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले आफुलाई पदको कुनै लोभ नभएको उल्लेख गर्दै कांग्रेसलाई एक ढिक्का बनाएर पुरानै अवस्थामा फर्काउन अब कुनै कसर बाँकी नराख्नेसमेत बताए। 

'गाउँ र दुर-दराजमा पुगेर मैले पार्टी र लोकतन्त्रका लागि जीवन भर लडाई लडेका साथीहरुको अवस्था देखेको छु। यो तरिकाले पार्टी चल्न सक्दैन भन्ने निष्कर्षमा पुगेको छु। अब पनि हामी जिम्मेवार नभए कहिले हुने?' डा शेखरको प्रश्न थियो।

'कुनैवेला बीपी, सुवर्ण शमसेर, गणेशमान र किसुनजीकाबीचमा चरम वैचारिक मत भिन्नता थियो। उहाँहरु आ-आफ्नो विचारमा अडिग हुनुहुन्थ्यो। तर कहिल्यै ति मत भिन्नता कार्यकर्ता सामु आएन,' डा कोइरालाले भने, 'अहिले हामी नेताहरुकै कारण पार्टी मात्रै होइन कार्यकर्ताको मानसिकता पनि विभाजित छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell