PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मुसलधारे वर्षाका कारण चीनमा आठ जनाको मृत्यु, २६ बेपत्ता



मुसलधारे वर्षाका कारण चीनमा आठ जनाको मृत्यु, २६ बेपत्ता
फोटो : XINHUA

चेङ्दु : चीनको दक्षिण पश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरुले आज दिएको जानकारी अनुसार घटनामा परी अरु २६ जना अझै बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको छ।

देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र अबा तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा हिजो मुसलधारे वर्षा भएको अधिकारीहरुले जनाएका छन्। आज मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि सिर्जित प्राकृतिक प्रकोपबाट अरु छ जना घाइते भएका छन् भने एक लाखभन्दा बढी विस्थापित भएका छन्।

विस्थापित भएकाहरुलाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताहरुले जनाएका छन्।

प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापित भएकाहरुलाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तुहरु पुर्‍याउदै गरेको जनाएको छ।

अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटकहरु पनि विस्थापित हुनु परेको छ। उनीहरु वेन्चाउ क्षेत्रमा अल्पत्र परेका हुन्। तीमध्ये १३ हजारभन्दा बढी पर्यटक त बाटोमै अल्पत्र परेको अधिकारीहरुको भनाइ छ।

स्थानीय अधिकारीहरुले अप्ठ्यारोमा परेका पर्यटकहरुको उद्धार तथा व्यवस्थापनका लागि विषेश पहल गरिरहेको जनाएका छन्।

अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार र राहत वितरण कार्य जारी रहेको समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell