PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भक्तपुरमा नारायण दिप यात्रा: टाउको, काँध र हातमा दियो बाल्दै नगर परिक्रमा

भक्तपुरमा नारायण दिप यात्रा: टाउको, काँध र हातमा दियो बाल्दै नगर परिक्रमा


भक्तपुरमा नारायण दिप यात्रा (मतया:) सम्पन्न भएको छ। बिहिवार दत्तात्रयमा अवस्थित नारायण मन्दिरबाट बालक देखि युवाहरुले हात, टाउको र काँधमा दिप राखेर नगर परिक्रममा गर्दै मतया:मा सहभागि भएका थिए। 

यसरी जात्रा मनाइँदा मानिसमा रहेको नकारात्मक प्रवृत्तीको अन्त्य हुने र समाज र राष्ट्रमा शान्ती फैलिने जनविश्वास रहेको छ। दिप यात्रासँगै घिनताङ घिसी, माक प्याखं लगायतका नाच समेत प्रदर्शन गरिएको थियो  

सापारुको अवसरमा हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन भक्तपुरमा मतया: निकालिने परम्परा रहेपनि यसपटक भने एक दिन अगाडी नै मतया: निकालिएको स्थानीय बताउँछन्। दिप यात्रा तलेजु भवानीको मन्दिर पुगेसँगै भक्तपुरमा ९ दिन लामो सापारुको समापन हुनेगर्छ। 



ट्रेन्डिङ पोस्ट

Ncell