PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कश्मीरबारे पाकिस्तानसँग वार्ता गर्न मोदीलाई म्याक्रोनको आग्रह



कश्मीरबारे पाकिस्तानसँग वार्ता गर्न मोदीलाई म्याक्रोनको आग्रह
फोटो : AP ।

फ्रान्स : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले कश्मीर विवाद सुल्झाउनका निम्ति पाकिस्तानसँग वार्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गरेका छन्। ठूला सात औद्योगिक राष्ट्रहरुको समूह (जी७) को बैठकमा सहभागी हुन फ्रान्स पुगेका भारतीय प्रधानमन्त्री मोदीसमक्ष राष्ट्रपति म्याक्रोनले यस्तो आग्रह गरेका हुन्।

दुई नेताबीच बिहीबार भएको भेटवार्तामा जलवायु परिवर्तन र अरु द्विपक्षीय एवं विश्वका जल्दाबल्दा विषयमा पनि विचारविमर्श भएको थियो।

जी७ को बैठक फ्रान्सको बियारिजमा यसै सप्ताहान्तमा बस्दैछ। भारतीय प्रधानमन्त्री मोदी उक्त बैठकमा विशेष आमन्त्रित छन्। जी७ का सदस्य मुलुकमा संयुक्तराज्य अमेरिका, बेलायत, फ्रान्स, जापान, जर्मनी, क्यानडा र इटाली रहेका छन्।

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले बिहीबार नै बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सन र ग्रीसका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए।

भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा राष्ट्रपति म्याक्रोनले भारत र पाकिस्तानबीच रहेका मतभेद द्विपक्षीय रुपमा सुल्झाउन तथा थप गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए।

गत अगस्ट ५ मा मोदीले मुस्लिम बहुल कश्मीरले प्राप्त गरिरहेको विशेष दर्जा समाप्त गर्नुका साथै दशौं हजार थप सुरक्षाकर्मी कश्मीरमा पठाएका थिए। प्रधानमन्त्री मोदीले भने आफ्नो वक्तव्यमा कश्मीरका विषयमा केही उल्लेख गरेनन्। रासस/एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell