PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गणतन्त्र र संघीयतामाथि विप्लव र पूर्व राजाबाटभन्दा सत्तारुढ दलबाट बढी खतरा : शेखर कोइराला



गणतन्त्र र संघीयतामाथि विप्लव र पूर्व राजाबाटभन्दा सत्तारुढ दलबाट बढी खतरा : शेखर कोइराला

विराटनगर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सत्तामा बसेकाहरुबाटै गणतन्त्र र संघीयतामाथि खत्तरा बढेको आरोप लगाएका छन्।

कम्युनिष्ट समर्थित संस्था जनअधिकार अभियान नेपालले विराटनगरमा आज आयोजना गरेको "वर्तमान राजनीतिक यथास्थिती र मानव अधिकार" बिषयक अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै कोइरालाले उक्त आरोप लगाएका हुन्।

केही दिन अगाडि बालुवाटारमा बसेको सर्बदलीय बैठकलाई लक्षित गर्दै डा कोइरालाले भने, "पूर्व राजा र बिप्लव समुहबाट गणतन्त्रमाथि खतरा बढ्यो भनेर निष्कर्ष निकालिएछ,यो भन्दा हाँसो उठ्दो कुरो के हुन्छ? कसरी खतरा बढ्यो पुर्व राजा र बिप्लव समुहबाट? खतरा त तपाईहरुबाट बढेको छ, जो अहिले राज्य सत्तामा हुनुहुन्छ।"

कम्युनिष्टहरु ब्यवस्था परिबर्तन या संसदिय ब्यवस्थाको बिकल्प खोज्नेतर्फ लाग्ने हो भने त्यो कम्युनिष्टकै लागि दुर्भाग्य हुने चेतावनी समेत दिए।

कम्युनिष्ट नेताप्रति लक्षित गर्दै कोइरालाले थपे, "संसदिय ब्यवस्था बिरुद्धको लडाईमा लाग्नुहून्छ भने यो ब्यवस्था जोगाउन हामी पनी जस्तोसुकै लडाई लड्न पनि तयार छौं।"

बिप्लव समूहलाई वार्ता गरेर राजनैतिक प्रक्रियाबाट मुलधारमा ल्याउनुको विकल्प नभएको बताउॅदै डा कोइरालाले राज्यले निषेधको बाटो अपनाएर देशमा द्वन्द्व निम्त्याउन खोजेको बताए।

कार्यक्रममा मानव अधिकार आयोगका सदस्य गोबिन्द शर्मा, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीलगायतले देशमा अब संसदीय ब्यवस्था आवश्यक नरहेको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell