PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

राष्ट्रिय फुटबल टोली मलेसिया प्रस्थान, कप्तान श्रेष्ठ भन्छन्, ‘तयारी राम्रो छ’



राष्ट्रिय फुटबल टोली मलेसिया प्रस्थान, कप्तान श्रेष्ठ भन्छन्, ‘तयारी राम्रो छ’

  • मुकुन्द घिमिरे-

काठमाडौं: मलेसियाको सुपर लिग च्याम्पियन जोहार डारुल टाजिमसँग खेल्न मलेसिया जान लागेको नेपाली फुटबल टोलीलाई विदाइ गरिएको छ। भदौ ९ गते हुने मैत्रीपूर्ण खेलका लागि मलेसिया जान लागेको नेपाली टोलीलाई आज सातदोबाटोस्थित एन्फा कम्पलेक्समा विदाइ गरिएको हो।

नेपाली टोली बेलुकी १० बजेको फ्लाइटबाट मलेसिया प्रस्थान गर्नेछन्। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव राजेश गुरुङ, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले विदाइ गरेका थिए।
 

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपअन्तर्गत एसिया क्षेत्रको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियाको सुपर लिग विजेतासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

विदाइ कार्यक्रममा पूर्वाधारको अभावले खेलाडीलाई कठिन भएको आफूले महसुस गरेको एन्फा अध्यक्ष शेर्पाले बताए। ‘कोच र खेलाडिहरुले धेरै मिहेनत गरेको भन्ने सुनेको छु, राष्ट्रलाई सम्झेर खेल्नुहोला’ उनले भने। त्यस्तै मैत्रिपूर्ण खेलको कप्तानी सुजल श्रेष्ठले गर्ने भएका छन्।
 

कप्तान श्रेष्ठले तयारी राम्रो भन्दै राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको बताए। ‘नयाँ पुस्ताको कम्बिनेसन छ,तयारी पनि राम्रो भएको छ।’ उनले भने। मुख्य प्रशिक्षक योहान कालिनले बलियो प्रतिद्वन्दीसँग खेल्ने राम्रो मौका भएको प्रतिकृया दिए।


नेपाली टोलीमा नियमित सदस्य तथा कप्तान विराजसँगै किरण चेम्जोङ र रोहित चन्द पनि टिममा छैनन् भने स्ट्राइकर विमल घर्तीमगर, दिनेश राजवंशी र हेमन गुरुङले टिममा पुनरागमन गरेका छन्।
 

नेपाली टोलीमा को को?


गोलकिपरः विकेश कुथु, एलन न्यौपाने,विशाल श्रेष्ठ
रक्षकः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डरः सुनील वल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई
स्ट्राइकरः विमल घर्तिमगरसहित विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell